झन्डै दश वर्षको सक्रिय वामपन्थी विद्यार्थी राजनीति, त्यसैका बीचबाट र पछिल्लो आधादशक दलगत राजनीतिबाट अलग रहेर गरिएको पत्रकारिता नै अहिलेसम्मको यात्रा हो । यस बीचमा प्रेस स्वतन्त्रता र मिडियाको ‘गल्यामर’ सम्मका भोगाइको क्रममा नै सैन्य यातना शिविरसम्मको यात्राले धेरै तीता वास्तविकताहरू बुझ्न विवश बनाएको छ ।
२०४५ साल फागुनतिर मैले कक्षा नौमा पढ्ने बेला ख्यालख्यालमा एउटा लेख हुलाकमार्फत काठमाडौंको ‘पृष्ठभूमि साप्ताहिक’ (यो पत्रिका मैले पढ्ने विद्यालयमा नियमति जान्थ्यो) पठाएको थिए“ । लेख जस्ताकोतस्तै छापिएको देख्दा म औधी खुशी र चकित परेको थिए“ । पछि ०४६ सालको जनआन्दोलनताका त म त्यस पत्रिकाको स्थानीय सम्वाददातासमेत भए“ । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि ०४८ सालमा पर्वतबाट केही उत्साही साथीहरूले पर्वतदूत साप्ताहिक निकाल्नुभयो । त्यतिबेला म विद्यार्थी राजनीतिका अलवा त्यसमा पनि संलग्न रह“दा पत्रकारिताभन्दा पनि पत्रिकाको महŒव अलिक बुझें । जबकि त्यतिबेला मैले राजधानीबाट निस्कने साप्ताहिक पत्रिकाहरूमा नियमित जस्तै लेख पठाइरहन्थे । ०४९ सालमा पोखरा पढ्न आएपछि राजधानी आउजाउ अलिक बढ्यो । त्यसले हाम्रो अञ्चलतिरका पत्रकारितामा संलग्न साथीहरूस“गको सम्बन्ध पनि अलिक विस्तार हु“दै गयो । ०५० सालमा काठमाडांै आएपछि त्यतिबेलाको निकै लोकप्रिय दैनिक पत्रिका ‘नया“ मोर्चा’मा झन्डै एक वर्ष संलग्न रहने क्रममा नै पत्रकारिताको कखरा सिकाइ सुरु भएजस्तो लाग्दछ । पछि पृष्ठभूमि साप्ताहिकको नया“ ढंगबाट प्रकाशन सुरु गर्ने जमर्को अन्तरगत म सहसम्पादक भएर काम गरें केही समयमात्र । त्यतिबेला नै संसदीय राजनीतिप्रति देशभर नै वितृष्णा बढ्दै गैरहेको थियो । त्यसकै बहावले म राजनीतिभन्दा अलग पेशा खोज्ने तरखरमा थिए“ । पत्रकारितमा रुचि बढी र राजनीति पेशा भएको बेला ०५३ सालबाट आप्mनै अञ्चलमा केही गर्ने लालसाले बागलुङबाट श्रीधौलागिरि साप्ताहिक सुुरु गरियो । त्यतिबेला बागलुङमा हाम्रो प्रयास मजाक जस्तै ठानिएको थियो । अञ्चलमा कतै अफसेट प्रेस र व्यावसायिक कम्युटर थिएन । हामीले झन्डै एक वर्ष हप्ताका पा“च दिन बागलुङमा सामग्री जम्मा गरेर बा“की दुई दिन पोखरा आएर पत्रिका छापेर पुनः बागलुङमा लगेर वितरण ग¥यौं । झन्डै डेढ वर्षपछि प्राविधिक कारणले अघिल्लो पत्रिका प्रकाशन गर्न सम्भव नभएपछि म नै सम्पादक÷प्रकाशक भएर न्यूधौलागिरि साप्ताहिक सुरु गरियो । त्यतिबेलासम्ममा एउटा अफसेट प्रेस बागलुङमा पुगेको थियो । दलगत सक्रिय राजनीतिबाट अलग हुने चाहनास“गै पत्रिकालाई दैनिक बनाइयो । तबमात्र सुरु भयो व्यावसायिक पत्रकारिता । यो एउटा जीवनको रमाइलो भोगाई हो ।
पत्रकारिता उच्च शिक्षाको ज्ञान र सीप बिना पत्रकारिताको मर्यादा र पेशागत दक्षता हासिल हुन नसक्ने र बा“की समय पत्रकारितामा नै लाग्ने सोचाइका साथ अध्ययनको अवसर खोज्ने क्रममा नै नेपालमा पनि पत्रकारिता र आमसञ्चारको स्नातकोत्तर तहको पढाइ सुरु भयो । प्राज्ञिकरूपले मिडियाको अध्ययन सुरु गरेपछि हाम्रो मिडियाको हालत हेर्दा अत्यन्तै दया लागेर आउने स्थिति देखिइरहेको छ । त्यसमाथि विगत लामो समयदेखिको सशस्त्र द्वन्द्व र यसको सर्वाधिक मार मिडियामाथि परिरहेको सन्दर्भमा लेख्दै जाने क्रममा यससम्बन्धी एउटा पुस्तकाकारको रूप दिने इच्छा नै यो पुस्तक हो ।
आमसञ्चारका सिद्धान्तहरूमाथिको व्यावहारिक प्रमाणिकता हासिल गर्ने सन्दर्भमा नेपालमा पनि अनुसन्धान र बौद्धिक खोजी सुरु भएको छ । यद्यपि सूचना र सञ्चारको आश्चार्यजनक विकासले विश्वलाई नै एउटा गाउ“को रूपमा सा“घुरो पार्दै लगेको वर्तमानमा सम्पूर्ण मानव समुदायलाई प्रत्यक्ष सरोकार र असर गरेको विषय पनि आमसञ्चारको बुझाई, यसको राजनैतिक प्रयोग र सञ्चार तथा सूचनाको ठीक तरिकाले ग्रहण गर्ने विषय नै हो । मानव जीवन र समाजलाई चुस्त र दुरुस्त रूपमा अघि बढाउन आमसञ्चारका विविध क्षेत्रमा समयको मागअनुसारको न्यूनतम योग्यता, क्षमता र ज्ञान हासिल प्राथमिक कार्यभार हो ।
ह्यारोल्ड बेन्जामिनले आमसञ्चार आमशिक्षाको पूर्वाधार हो भन्दै आमसञ्चारको वर्तमान विश्वमा स्थापित आमसत्यलाई सुन्दर ढंगले उद्घाटित गरेका छन् । त्यसैगरी आमसञ्चार माध्यम ९ःबकक ःभमष्ब० सामाजिक शक्ति हो भन्ने कुरा पनि प्रजातान्त्रिक राज्यहरूको न्यूततम अभिव्यक्ति हो भन्ने स्वतः स्पष्ट छ । आमसञ्चारका माध्यमहरूले तात्कालीन राज्यको रूपलाई अभिव्यक्त गरिरहेका हुन्छन् भने प्रजातान्त्रिक, विश्वसनीय र उत्तरदायीपूर्ण व्यवस्थाले नै आमसञ्चारका माध्यमलाई बेरोकटोक विकसित हुन प्रेरित गरिरहन्छ । वर्तमान विश्वमा सामान्य रूपले बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थाको अभ्यास चलिरहेको छ । तर यतिबेला नै विश्वव्यापी प्रेस स्वतन्त्रतालाई कटौती गर्दै लाने घटनाक्रमहरू तीव्र रूपले बढ्दै जा“दा बहुदलीय व्यवस्था पुनस्र्थापना भएको तेह्र वर्ष बित्न नपाउ“दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई प्रेस स्वतन्त्रताका आ“खामा सबैभन्दा ‘ठूलो जेल’ को रूपमा चित्रित गर्ने विडम्बनापूर्ण स्थिति खडा छ । आधारभूतरूपले राज्य संरचनाको प्रणाली र शासनशैलीले तपसीलका विषयहरूलाई प्रत्यक्षरूपमा निर्देशित गर्दछ । जब राज्य र शासनप्रणाली विश्रृंखलित र अव्यवस्थित हुन्छ, स्वाभाविकरूपले तपसीलका अङ्ग तथा सामाजिक शक्ति र संस्थाहरूको क्रियाकलापमा पनि गैर–जिम्मेवारीपना देखापर्ने कुरा सामाजिक विकासको सामान्य नियम नै हो । कतै आज नेपाल र नेपाली मिडियाहरूको स्थिति पनि माथिको पछिल्लो सत्य जस्तै त छैन भन्ने गम्भीर चिन्ता सर्वत्र प्रकट भैरहेको छ ।
यी र यस्तै परिवेशमा सामाजिक राजनैतिक र सांस्कृतिक हिसाबले वामे सर्दै गर्दा आमसञ्चारका क्षेत्रमा भएका विकास, प्रगति, अव्यवस्था र विश्रृंखलताका दृष्टान्तलाई वस्तुसत्य (न्चयगलम च्भबष्ष्तिथ० का आधारमा मैले आफ्नो कलमलाई केन्द्रित गर्दै अघि बढ्ने सन्दर्भमा नै एउटा पुस्तककारको रूप दिने इच्छा जागरे आयो । नेपाली आमसञ्चार माध्यम र आमसञ्चार शिक्षालाई थोरै भए पनि सचेत बनाउने र समकालीन विश्वमा देखिएको मिडिया राजनीतिको रस्साकसीलाई संकेतसम्म गर्ने जमर्को नै यो पुस्तक हो । त्यसभित्र पनि हाम्रो देशको हरेक कुरामा छुटाउनै नमिल्ने गरी जोडिने भारतको संलग्नता र भूमिकाका सन्दर्भमा देशभित्र सशस्त्र द्वन्द्व सुरु भएपछि भारतीय मिडियाको चासो ह्वात्तै बढेको छ । अझ कतिपय सन्दर्भमा त भारतीय मिडियाको राजनीतिले हाम्रो देशको केन्द्रीय प्रशासनमा सीधै असर गर्ने किस्साहरू प्रदर्शित हु“दै आएको विषयलाई उठाउने प्रयत्न गरिएको छ ।
हाम्रो देशमा आमसञ्चारका माध्यम विशेषतः पत्रकारितामा विशेष आकर्षण देखिएको छ । संवैधानिक रूपले दक्षिण एसियामा नै नेपाल प्रेस स्वतन्त्रताको राम्रो कानुनी व्यवस्था भएको देशमा पर्दछ भनिन्थ्यो । तर पछिल्लो समयमा हामी कानुनविहीन भएको राजनैतिक चर्चा चलिरहेको छ विश्वभरि । शिक्षाको स्तर, विकास तथा जीवनस्तरले हामीलाई विश्व मानचित्रमै अन्तिमतिर पु¥याएको छ । सबै सञ्चारकर्मी र अनुसन्धानका विद्यार्थीहरूको बहसको विषय बन्दैछ मिडियाको प्रयोग, मिडिया र शक्तिबीचको संघर्ष ।
पुस्तकलाई सामान्यत सामग्रीको प्रकृतिअनुसार तीन खण्डमा विभाजन गरिएको छ । खण्ड एकमा मिडिया र पावरको सम्बन्ध तथा भारतीय मिडियाको नेपाली राजनीति रहेको छ । यसभित्र नेपालको आन्तरिक द्वन्द्वका सन्दर्भमा नेपाली राजनीतिका हरेक विषयमा भारतीय मिडियाको चासो र नेपाली राजनीतिको भारतीय मिडियामा स्थानलगायतका विषयहरू रहेका छन् । खण्ड दुर्ईमा नेपाली छापामाध्यममा विदेशी लगानीको बहस र नेपालमा क्षेत्रीय आतङ्कवादीहरूको संलग्नतामा मिडियाको सञ्चालन जस्ता विषयमा भारतीय मिडियाको टिप्पणी रहेको छ । यी विषयहरू विश्वविद्यालयमा पत्रकारिता विषयको एमए तहको पाठ्यक्रममा समेत रहेको छ । खण्ड तीनमा विगत सङ्कटकालदेखि अहिलेसम्म मिडिया र मिडियाम्यानप्रति सङ्कटकाल र युद्धका नाममा राज्य र माओवादीबाट थोपरिएका ज्यादतीलाई झल्काउने केही तात्कालीन समयमा लेखिएका लेखहरूको समेत संग्रह रहेको छ । जसले देशमा सङ्कटकाल लागू भएदेखि यताका झन्डै चार वर्षको मिडिया प्रवृत्ति बुझ्नलाई सहयोग गर्ने आशा लिइएको छ ।
विगत लामो समय भारतमा रहेर पत्रकारिता गर्नुभएका र नेपाली पत्रकारिताका प्रसिद्ध सञ्चारकर्मी श्री युवराज घिमिरेले यस पुस्तकको अद्योपान्त अध्ययन गरेर लेखिदिनुभएको भूमिकाका लागि श्री घिमिरेप्रति म ऋणी छु । उहा“ले भूमिकामा प्रस्तुत गर्नुभएको विचारले भारतीय चासो त्यसप्रतिको नेपाली मानसिकता र वास्तविकतालाई सटिकरूपले औंल्याएको छ ।
अन्तमा पुस्तक प्रकाशन गर्न जबर्जस्त प्रेरणा र बारम्बार घच्घचाइरहने प्रियसी शारदा शर्माको मेहनतको परिणाम नै यो पुस्तक तयार भएको भन्न मलाई कत्ति पनि संकोच छैन । यो पुस्तक तयार गर्ने समयमा छोरी जेनीको ‘होमवर्क’ मा सहयोग गर्न नपाउ“दा छोरीको जिज्ञासा र झगडा विशेष स्मरणीय रहेको छ । विगतमा विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखहरूको संग्रह, टाइप र छनोट सबै शारदाको काम हो । यो पुस्तक तयार गर्न धेरै पहिलेदेखि प्रेरणा दिने मेरा सहकर्मीहरू पनि विशेष धन्यवादका पात्र बन्नुभएको छ । पुस्तकलाई पाठकहरूसमक्ष पु¥याउन अत्यन्तै रुचिपूर्वक प्रकाशनको जिम्मा लिने पैरवी प्रकाशन र मित्र पदम सिवाकोटीप्रति म विशेष कृतज्ञ छु । पुस्तक प्रकाशनका क्रममा थुपै्र कमी कमजोरी र अपुग महसुस हुन सक्दछ । विज्ञ पाठकहरूको सुझाव नै सुधार र परिमार्जनको महŒवपूर्ण खजना हुनेछ । तसर्थ पुस्तकमा रहेका कमी कमजोरी र अशुद्धिलाई औंल्याइदिनुहुन विज्ञ पाठकहरूसमक्ष मेरो विनम्र अनुरोध छ ।
२०६१ मंसिर, काठमाडौं । – लेखक






Comment Here