म पोल्याण्डको परराष्ट्रमन्त्री हुँः युरोपले सन्देश बुझिसकेको छ


मैले हालसालै एउटा पुरानो मनपर्ने चलचित्र पुनः हेरें—१९९६ मा बनेको इन्डिपेन्डेन्स डे, जसमा लुटेरा एलियनहरूले पृथ्वीमा आक्रमण गर्न खोज्छन्। चलचित्रका दृश्यहरू अझै प्रभावशाली देखिन्छन्, तर एउटा दृश्यले मलाई अहिलेको वास्तविकतासँग तुलना गर्न बाध्य बनायो।

जब जेफ गोल्डब्लमले एलियनको रक्षाकवच तोड्ने उपाय निकाल्छन्, तब अमेरिकाले विश्वभरका देशहरूलाई प्रतिरोधका लागि गोलबन्द गर्छ। एक ब्रिटिश अधिकारी सोध्छन्, “उनीहरूले के गर्न लागेका छन ?”

त्यस समयमा, विश्व एकध्रुवीय थियो। अमेरिकाको नेतृत्व निर्विवाद थियो, र संकटको समयमा सबैले अमेरिकाबाट नै समाधानको आशा राख्थे। तर ३० वर्षपछि, आज जब कसैले अमेरिकातर्फ नेतृत्वको खोजी गर्छ, उनीहरू पहिले जस्तो विश्वस्त हुँदै छैनन्।