ट्रम्पले करबारे आज क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने


काठमाडौं २१ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ प्रतिशत भन्सार शुल्क ९कर० तोकिएका क्यानडा र मेक्सिकोसँग सोमबार वार्ता गर्ने बताएका छन्।

बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले सोमबार मेक्सिको र क्यानडाका नेताहरूसँग करका विषयमा कुरा गर्ने भएका हुन्। अमेरिकाले क्यानडा र मेक्सिकोमा लगाएको कर मंगलबार रातिदेखि लागू हुने बताएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकन राष्ट्रपति क्लाउडिया साइनबमले आफ्ना देशविरुद्ध लगाइएको करको जवाफ अमेरिकालाई पनि कर नै लगाएर दिने बताइसकेका छन्।

क्यानडाका प्रधानमन्त्री ट्रुडोले भनेका छन्, ‘डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा क्यानडाले पनि कर लगाउनेछ।’

क्यानडा सरकारले १५५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगाउने उनको भनाइ छ।