जनताको बहुदलीय जनवाद मैले ‘क्वाइन’ गरेको हो: ओली


जनताको बहुदलीय जनवाद मैले ‘क्वाइन’ गरेको हो: ओली

शुभशंकर कँडेल
काठमाडाैं |

अर्को शब्दमा भन्दा उपलब्ध विकल्पमध्येबाट सबैभन्दा प्राकृतिक रूपले नेपाली राजनीति सीधा रेखामा स्थिरताको बाटोमा अघि बढ्न मार्गप्रशस्त भएको छ । नेपालमा सशस्त्र संघर्ष र शान्तिपूर्ण जनआन्दोलनका अनेकन कीर्तिमान कायम भएका छन् ।

तर, तिनीहरूप्रतिको दृष्टिकोणमा समानता छैन । त्यो स्थितिलार्ई समेत दुई वाम दलको एकताले समाधान गरिदिएको छ । आधारभूत रूपले नेपाली राजनीति रूपान्तरित भएर शान्तिपूर्ण ढंगले जनतालार्ई सुखी बनाउनका लागि कुनै बहानाबाजी बाँकी रहेको छैन । यसलार्ई २००७ सालयताको राजनीतिक संक्रमणकालीन अवतरण भएको मान्नुपर्छ ।

यही विषयमा नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली के सोचिरहनुभएको होला भन्ने जिज्ञासाका लागि उहाँसँग गरिएको लामो कुराकानीका केही सान्दर्भिक सवाल–जवाफलार्ई यहाँ जस्ताकोतस्तै राखेको छु ।

 

झापा विद्रोह एक क्रान्तिकारी रोमान्स थियो कि योजनाबद्ध विद्रोह ? 

झापा आन्दोलन, जसरी हामी अघि बढ्यौँ, त्यो हाम्रो छनोटको विषय होइन । सिद्धान्तले हामीलार्ई होइन, सिद्धान्त मिसिए होलान् । छानेरै अपनायौँ होला । तर, बाध्य भएपछि निर्विकल्प छनोट । अर्को उपाय नै छैन । त्यसलार्ई हामीले त्यही सन्दर्भमा बुझ्नुपर्दछ ।

दुनियाँको राजनीतिक परिवर्तनको इतिहासमा तपाईंले हेर्नुभयो भने स्पार्टाकस विद्रोह, युरोपका विभिन्न आन्दोलनहरू, पेरिस कम्युन होस् वा फ्रेन्च रेभुलोसन होस् वा अरू । ती कसरी आए, कसरी अगाडि बढे र हाम्रै देशमा राणाशासनविरुद्ध हतियार उठेकै हो । नेपाली कांग्रेसको अगुवाइमा हतियार उठेको हो । त्यो हतियार उठाइएको विषयलार्ई कसैले नाजायज भनेको छैन ।

राणाशासनविरुद्ध उठाएको हतियार किन नाजायज भएनभन्दा राणाले संवैधानिक, राजनीतिक, शान्तिपूर्ण कुनै हिसाबले जनताका आवाज, न्यायिक आवाजलार्ई मुखरित हुन दिएनन् । दमन मात्रै गर्दथे । त्यसकारण उनका विरुद्ध जनताको तीव्र आक्रोशको प्रकटीकरण, त्यो तीव्र आक्रोश हिंसात्मक प्रकट हुने कुरालार्ई नाजायज भनिएन ।

पञ्चायती तानाशाहीका वेला अठार सालमा (२०१८) कांग्रेसले हतियार उठाउने जमर्को गर्‍यो । त्यसलार्ई अनुचित भनिएन । किनभने निर्वाचित सरकारलार्ई बलजफ् ती अपदस्थ गरेर लोकतन्त्र, जनताको अभिमत मान्दिनँ भनेर तानाशाही लादिएपछि त्यसविरुद्ध अलिकति प्रतिवाद भयो भने त्यसलार्ई नाजायज भन्न उचित हुँदैन । कांग्रेसले पछि २०२६–२९ बीचमा हिंसात्मक संघर्षको आह्वान गर्‍यो । हिंसात्मक गतिविधि पनि गर्‍यो । त्यो सफल भएन, त्यो बेग्लै कुरा हो । तर, आह्वान गर्‍यो ।

यसबीचमा आह्वान गर्दा बिपी कोइरालाले भनेका थिए– ‘झापाली युवाहरूसँग संगठन सानो छ । भर्खरका कलिला युवा छन् । तर, उनीहरूले असाधारण साहस देखाएका छन् । उनीहरूले बलिदानको भावना देखाएका छन् । सानो संगठन कलिला युवा, तर अरूले बोल्न नसकेको राजतन्त्रका विरुद्ध गणतन्त्रको आवाजसहित उठेका छन् र बलिदान दिन तयार छन् । त्यसबाट सिक्नुपर्दछ ।’

त्यसो भएर त्यसवेला हामी शान्तिपूर्ण आन्दोलनमा थियौँ । तर, शान्तिपूर्ण आन्दोलनप्रति पनि अत्यन्तै असहिष्णु हुनु स्वाभाविक थियो । किनकि, उनीहरूले बनाएको ऐन–कानुनअनुसार संगठन पनि निषेधित थिए ।

अनेरास्ववियु खोल्दा, स्ववियुको माग गर्दा मैले मुद्दा खेपेको छु । गिरफ्तार भएको छु । झ्यालखाना बस्या छु, त्यसवेला । त्यसो भएर केही पनि बोल्न नपाइने, केही पनि गर्न नपाइने, त्यस्तो अवस्थामा दमन गरिने ।

अर्को, सामन्तहरूबाट निहत्था जनतामाथि प्रशासनको साथ, सहयोग र समर्थनमा दमन हुने, निर्मम हत्या हुने, गरिब मारिएको, जनता मारिएको वा सत्तापक्षका विपक्षी मारिएको त कुनै मुद्दा–सुद्दा पनि नहुने । यस्तो अवस्था थियो ।

यस्तो अवस्थामा जब मानिसहरू गिरफ्तार हुने, मुद्दा लाग्ने, कुटपिट हुने र मारिने हुँदै गयो । त्यसपछि झापा विद्रोहले पनि हिंसात्मक रूप लियो । त्यो हिंसात्मक रूप लिनु नाजायज थिएन ।

अँ, तपाईंले एउटा शब्द सोध्नुभएको थियो । क्रान्तिकारी रोमान्स थियो कि ? आन्दोलनमा क्रान्तिकारी रोमान्स पनि हुन्छ । अलिकति क्रान्तिकारी रोमान्सविना, अलिकति मूर्खताविना, विद्वान् विश्लेषणले लडाइँको मैदानमा होमिँदैन मान्छे । अरूले देख्दा त्यसलार्ई अलिकता मूर्खता भन्न सक्छौँ । हामी त्याग भन्न सक्छौँ ।

फौजहरू लडाइँमा जाँदा विद्वताले त्यहाँ काम गरेको हुँदैन । युद्ध कौशल र सुर्‍याइँले काम गरेको हुन्छ । त्यहाँ गोली लाग्यो भने, मरेँ भने, मेरी श्रीमतीको के होला, मेरा आमा–बाबुको के होला ? मेरा छोरा–छोरीको के होला ? आदि इत्यादि सोच्दै गए त, त्यो भाग्छ । म लड्नका निम्ति आएको छु । मेरो कर्तव्य लड्ने हो । एक दिन मरिन्छ । केही छैन । राम्रो उद्देश्यका लागि आएको छु भन्नेमा कन्भिन्स छ भने ऊ लड्नका लागि तयार हुन्छ र लडाइँमा जान्छ ।

अब झापा आन्दोलन, त्यस्तो अन्धकार युगमा जहाँ कुनै पनि प्रकारका अधिकार जनतालार्ई दिइएको छैन,। त्यस्तो अवस्थामा जहाँ जनताका सामान्य न्यायोचित आवाजलार्ई हतियारको बलमा, शक्तिको बलमा, सत्ताको बलमा दमन गरिएको छ । त्यस्तो वेलामा जुनसुकै रूपको प्रतिवाद पनि सही कुरा छ ।

हिंसा उपयुक्त हो कि होइन भनेर छुट्याउने कुरा के हो भने प्रणाली कस्तो थियो ? शान्तिपूर्ण र वैधानिक बाटाहरू खुला थिए कि थिएनन् । यदि शान्तिपूर्ण र वैधानिक बाटा खुला छन् भने हिंसा गलत हो । ती बाटाहरू रोकिएका छन् र त्यसको एकलौटी प्रयोग भएको छ भने हिंसा जायज हो । यो उपनिवेशवादका विरुद्ध होस् वा लोकतन्त्रका लागि तानाशाहीका विरुद्ध होस् ।

जेलमा बस्दा कस्ता खालका किताब पढ्नुभयो ?

सबै खालका । त्यहाँ बस्दा छानेर पढ्ने अवसर थिएन । जे उपलब्ध हुन्छ, त्यही पढियो ।

तपाईंले आजकल पनि बोल्दा धार्मिक ग्रन्थ र परम्पराका सन्दर्भको प्रयोग हुन्छ । तपाईं जेलमा रहँदा बढी धर्मशास्त्रका किताब पढ्नुभयो ?

होइन । सबै शास्त्र पढेँ। यो शास्त्र वा त्यो शास्त्र भन्ने नै छैन । कुन शास्त्र ? जुन शास्त्र फेला पर्‍यो, त्यही पढियो । त्यहाँ पढ्नु थियो, पढियो । बाँकी जम्माजम्मी त्यहाँ पढ्नु थियो ।

त्यतिवेला पढेको कुनै पुस्तक वा कुनै सन्दर्भ केही याद छ ?

कोही–कोही किताब अलि बढी पढिन्छ, जसमा ज्ञान छ । म साधारणतया तीन सय पेजको एउटा उपन्यास छ भने आधा घन्टामा पढ्छु  । र, त्यसपछि त्यसलार्ई दोहोर्‍याएर पढ्दिनँ । महाभारत मैले धेरैपटक दोहोर्‍याएर, तेहेर्‍याएर चौबर्‍याएर कति हो कति, धेरैपटक पढेको छु ।

किनभने त्यहाँ ज्ञान छ । मैले अलिक सानामा पनि सायद महाभारत जति दोहोर्‍याएर त कोर्स बुक पनि पढ्या छैन कि क्या हो (एकछिन लामो मन्द–मुस्कान) ।

मैले सबैभन्दा बढी पढेको किताब सायद महाभारतै हो कि क्या हो ! जति पढ्यो, म त्यहाँ ज्ञानको भण्डार देख्छु । मैले पढ्न रुचाउने किताबहरूमा म्याक्सिम गोर्कीका किताब पढेँ । रवीन्द्रनाथ टैगोरका किताबहरू पढेँ । रुसी साहित्य पनि पढेँ ।

प्रेमचन्द, गोकुलप्रसाद निराला, हरिवंश रायबच्चनका साहित्य पनि पढेँ । मलार्ई एउटा आनन्द आइरहने, मजा लागिरहने पुस्तिका बच्चनको मधुशाला हो । त्यसका धेरैवटा श्लोक यत्तिकै कण्ठ पनि छन् । ‘कित्ने पिनेवाले आए, किन्तु ओ वही है मधुशाला’ यस्ता कतिवटा अहिले पनि आउँछ । म गिल्म्सेस अफ वल्र्ड हिस्ट्री, नेहरूका किताबहरू, मैले पढ्ने डार्बिनको विकासवादी सिद्धान्त, यसको अर्थ मैले फ्रायड पढ्दिनँ भन्ने होइन । (बीचमै हाँसो) ।

किनभने कुनै शास्त्र नपढ्ने भन्ने नै छैन । जेलमा हुँदाखेरि त मैले शास्त्र छुट्याउने कुरै भएन । जे फेला पर्‍यो, त्यही पढ्यो । जो फेला पर्छ, त्यसैसँग कुरा गर्‍यो । मेरा न त्यहाँ निर्धारित गुरु छन् न निर्धारित चेला छन् ।

जो फेला पर्‍यो, त्यसलार्ई एक लेक्चर दियो । अनि पञ्चायतले विद्यार्थी ल्याइदिन्थ्यो समातेर । त्यसलार्ई च्याप्प समातेर त्यहीँ लेक्चर दिन सुरु गर्‍यो । त्यसरी पढेका र प्रशिक्षणका धेरै सन्दर्भ अहिले पनि काम लाग्ने छन् । केही–केही हेल्थ साइन्ससम्बन्धी पनि हुन्थ्यो ।

सेन्ट्रल जेलमा एउटा लाइब्रेरी छ । त्यो लाइब्रेरीका किताबहरूमा पहिले–पहिले पेन्सिलले अन्डरलाइन गरेका र पछिपछि कलमले अन्डरलाइन गरेका थुप्रो पेजैपिच्छे होलान् । त्यहाँका किताब त मैले सबै पढिसक्या छु ।

तपाईंको मदन भण्डारीसँग कहिले भेट भयो ?

२०४४ मा जेलबाट छुटेपछि मदनसँग भेट भएको हो ।

जेलमा छँदा पार्टीमा मदन भण्डारी भन्ने नेता छ भन्ने थाहा थियो ?

थाहा थियो । तर, डिटेल थाहा थिएन । कस्तो मान्छे ? के भन्ने बारेमा थाहा थिएन ।

पहिलोपटक मदनसँग भेट्दा कस्तो लाग्यो ?

राम्रो नलेज (ज्ञान) भएको साथीजस्तो लाग्यो । मैले त्यसवेला त्यति विद्वान् र इमानदार मान्छे नेपालको राजनीतिमा अर्को भेटेको थिइनँ । त्यसकारण त्यो विद्वता र त्यो इमान (लामो भावुकतासहित) ।

पहिलो भेट कहाँ भयो ?

त्यति याद भएन । सायद मेरो पाटनको आफ्नै डेरामा भएको थियो कि ?

पहिलोपटक मदन भण्डारीसँग भेट्दा भएकामध्ये कुनै कुरा सम्झना छ ?

हामीले जेलमा हुँदा मैले राखेका विचार । उहाँलार्ई जति थाहा हुन्थ्यो । उहाँका विचार मलार्ई थाहा थिएन । किनभने हामी त जेलबाट पठाउँथ्यौँ, लेखेर । त्यसकारण उहाँलाई थाहा थियो । तर, उहाँले पार्टीभित्र के–के राखिराख्नुभएको थियो भन्ने मलाई थाहा थिएन । त्यो जेलमा आउँदैनथ्यो ।

हामीले लेखेर पठाएका विचारसँग उहाँको तादाम्यता रहेछ । उहाँले ती कुराहरू बताउनुभयो । अनि मलाई एकदमै खुसी लाग्यो कि हामीले भनेका कुरा त जस्ताकोतस्तै बुझ्नुभएको, जस्ताकोतस्तै उहाँका विचारसँग मिलेको, उहाँका बाहिर, हाम्रा भित्र विचारहरू मिलेको ।

खासगरी भित्र त विचारहरूको मैले नै लिड गरिराखेको थिएँ । जेलबाट जो विचारहरू आउँथे, ती मैले नै लिड गरेर आउने हो । इता, बाहिरका विचारहरू भनेको अत्यन्त अस्थिर ढुलमुले भइराख्ने ।

जेलबाट छुटेपछि नेताहरूसँग कुरा राखेँ, हाम्रो विचारहरूको अस्थिरता निर्णयहरूको अस्थिरता र एउटा ठहरावमा हुनुपर्‍यो, हामी । यो कसो–कसो क्रान्तिकारीपन पनि देखाउने अव्यावहारिक ढंगले ।

व्यावहारिक ढंगले अघि बढ्न खोजेको जस्तो ?

त्यो परिस्थिति पनि होइन, जान खोजेको पनि होइन, जाने पनि होइन । चेन्ज भइसक्यो, मूल्य–मान्यता, परिस्थिति सबै चेन्ज भइसक्यो, त्यहाँ भएको कुरो के थियो भने, अबको दुनियाँमा प्रतिक्रियावादी शक्ति यति अशक्त भइसकेको छ, अब त्यसलार्ई शान्तिपूर्ण आन्दोलनबाटै पराजित गर्न सकिन्छ भन्ने थियो, हाम्रो ।

अर्को कुरा, नेपालमा पोलिटिकल प्रोसेसलार्ई डिभाइड गरिदिएको थियो । अब पोलिटिकल प्रोसेस युनिफाइड हुनेबित्तिकै यो तानाशाही व्यवस्था जान्छ । त्यसरी नै फाल्न सकिन्छ । त्यसकारण यो बाटो (शान्तिपूर्ण) समाउनुपर्छ । यो बाटो शान्तिपूर्ण ढंगले नै हुन्छ र तानाशाही फाल्न सकिन्छ । अहिलेको समय त्यो हो । त्यसमा शान्तिपूर्ण ढंगमा, किनभने उहिले सम्भव थिएन ।

अब त परिस्थिति धेरै बदलिइसक्यो, त्यसकारण अब शान्तिपूर्ण ढंगले जान सकिन्छ । त्यसमा उहाँ (मदन)को र मेरो विश्लेषणचाहिँ मिल्यो । त्यसपछि हामी लगातार भेट्ने र छलफल गर्ने गर्दै गयौँ ।

विचारको एकरूपता बन्दै गयो । मेरो र उहाँको स्वभाव के मिल्ने रहेछ भने एउटा किलो ठोकेर दाम्लोमा बाँधिएर त्यसको वरिपरि घुम्ने स्वभाव उहाँको रहेनछ । त्यो स्वभाव मेरो पनि होइन, किलो ठोकेर दाम्लोमा बाँधिएर वरिपरि घुम्ने ।

मैले केन्द्रीय कमिटीको बैठकमा भनेँ– सुनको भए पनि एउटा पिँजडा बनाएर भित्र पस्ने अनि सुनकै साँचो लगाउने, अनि ताला लगाउने र तालाको चाबी बाहिर फ्याँक्यिदिने गल्ती गर्दिनँ । सुनको भए पनि पिँजडा, पिँजडा नै हो । म पिँजडाबाट मुक्त मान्छे हुँ ।

त्यसकारण, यो सिद्धान्तको पिँजडाभित्र, सिद्धान्त भए त्यसलार्ई मान्छु, जबसम्म मान्छु, तबसम्म त्यो काम लाग्छ । ढोकाभित्र बाहिर गरेर मान्छु, त्यो ढोका लगाएर थुनिएर मान्दिनँ । पिँजडाभित्र थुनिएर होइन । सुनको पिँजडामा पनि बस्दिनँ, मैले सेन्टर कमिटीमा पनि भनेको थिएँ । निष्ठाहीन कुरा भयो भन्ने कुरा पनि गरेका थिए, साथीहरूले ।

निष्ठा मेरो तीनवटा कुरामा मात्र छ है, आधारभूत रूपले । एउटा मानव जातिप्रति, एउटा देशप्रति, देश र जनताप्रति आधारभूत निष्ठा मेरा यिनै हुन् । यसबाहेक भीष्मपितामहले पाँडे निमठ्याजस्तो मैले बाँकी निमोठ्न केहीबेर पनि लगाउँदिनँ । मेरो लागि जनताको हित, देशको हित, मानव जातिको कल्याणभन्दा माथिल्लो कुरा केही पनि हुँदैन भनेको थिए“ ।

जनताको बहुदलीय जनवाद कसरी आयो ?

जनताको बहुदलीय जनवाद भन्ने नामकरण मेरो हो । हामीले २०४८ मा यो नाम राखेका हौँ । २०४८ मा मदन भण्डारीले ‘बहुदलीय जनवादबारे’ भन्ने पुस्तक लेख्नुभयो । त्यो २०४७ मै हो, पाँचौँ महाधिवेशनभन्दा अगाडि नै हो ।

मदनले एउटा रन्कोमा लेखेर छाप्न दिइहाल्नुभयो । मसँगचाहिँ कुनै स्लिप हुँदैनथ्यो, त्योचाहिँ छापेर आएपछि मेरो हातमा पर्‍यो । अनि मदनको र मेरो अलि–अलि लफडा पर्‍यो । मैले भनेँ तपाईंको यो मल्टीपार्टीले पनि क्लास क्यारेक्टर जनाउँदैन ।

डेमोक्रेसी भन्नेले पनि क्लास क्यारेक्टर जनाउँदैन । भन्दै आएका छन् नि डेमोक्रेसी, कुन डेमोक्रेसी भन्ने भन्दा पनि यसलार्ई पिपुल डेमोक्रेसी भन्ने । तर, कसरी छुट्याउने ? क्लास क्यारेक्टर कसरी छुट्याउनुहुन्छ ? उहाँ मान्दै मान्नुहुन्नथ्यो । डेमोक्रेसी भनेकै पिपुल्सको हुन्छ, अरूको त हुँदैहुँदैन, अरू ठग कुरालार्ई किन मान्ने भन्ने उहाँको बुझाइ थियो । उहा“ले मान्नुहुने पनि थिएन ।

बहुदलीय जनवादमाथि अत्यन्तै हमला भो । बहुदलीय जनवादमाथि हमला भएपछि मलाई मौका मिल्यो । म त पहिल्यै ‘नोट अफ डिसेन्ट’ लेखेर आएको मान्छे, त्यो बहुदलीय जनवाद मात्र मान्दिनँ, जनताको यसमा क्यारेक्टर हुनपर्छ भनेको थिएँ ।

हामी जनताका लागि लड्नुपर्छ, मेरो निष्ठा जनताप्रति हो, केबाट फाइदा हुन्छ, त्यही गर्ने ? तर, चाहिएको जनता भन्ने कुरा हो । मचाहिँ जनतावादी हो, सिद्धान्तवादी होइन भन्ने कुरा आयो । त्यो माइन्युटमा ‘नोट अफ डिसेन्ट’ नै थियो । अनि मदनले चाहिँ बीचको बाटो निकाल्नुभयो । वामदेवले आफ्नो किताबमा लेख्नुभएको छ त ! केपीले बहुदलीय जनवाद मानेको होइन भनेर ।

म कहाँ आउनुभयो माधव नेपाल, ‘बहुदलीय नयाँ जनवाद बनाऔँ ’ भनेर । त्यसो गर्दा झलनाथ पनि मिलाउन सकिन्छ, सिपी पनि मिलाउन सकिन्छ । मैले भनेँ– अब नयाँ जनवादका कुरै नगरौँ । त्यो कुरा गयो । अनि फेरि मदनको के छ भने साथीहरूको कचकच हुन्छ भने जे भन्छन्, त्यही गर्दिऊँजस्तो । अलि छोड्दिने के त्यो ।

अहिलेको तपाईंको साथी (प्रचण्ड)जस्तो ?

(लामो हाँसो ।) कार्यक्रम सबै राख्ने, जस्तो अहिले त्यो हामीले कार्यक्रममा लेखेका छौँ नि, (एमाले र माओवादी एकताका वेला ‘जनताको बहुदलीय जनवाद’का सबै सारतत्व राखेर पनि नाममा असहमत भएपछि ‘जनताको जनवाद’ नामकरण गरिएको छ– ले.) कार्यक्रममा सबै लेखेको छ, तर नाम ?

मैलेचाहिँ जनताको जनवाद राख्नैपर्छ भनेँ । मदन भएको भए मान्न पनि बेर लाग्ने थिएन कि ! यो तलको भएपछि भैगो नि, छोड्दिने उहाँ (मदन)को त्यो हुन्छ, सारतत्वमा सबै चाहियो, नाम–साम छोड्दिने । त्यो उहाँको स्टाइल थियो ।

अनि मिसन गडाङगुडुङ भयो । पछि, म एउटा पक्ष, नयाँ जनवादी अर्को पक्ष, मध्यपन्थी अर्को पक्ष, मदन अर्को पक्ष भएपछि केमा मिलाउने भन्दा पछि मेरो बिन्दुमा गएर मिल्यो । ‘जनताको बहुदलीय जनवाद’मा गएर मिल्यो । अनि अलिकतिचाहिँ मदनले र मैले सल्लाह गरेरै गरेका थियौँ । यसमा निहुँ खोज्छन्, खोज्छन् । अन्तिममा मिलाउने यहाँ हो भनेर (जनताको बहुदलीय जनवादमा–ले.) ।

सल्लाहले त्यो नाम राख्नुभयो ?

बहुदलीय जनवादलार्ई लखेटे । बहुदलीय जनवाद भनेको यो थोत्रो प्रजातन्त्रमा गयो भनेर लखेटे । त्यसो भएपछि उहाँले त किताबै लेखेरै ठोक्दिनुभएछ । राति–राति लेखेर तत्कालीन समयखबर पत्रिकामा छाप्न लगाउनुभयो । (अन्तर्वार्ताका वेला सँगै रहनुभएका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा तत्कालीन समयमा ट्रेड युनियनका नेता विष्णु रिमालले दसैँको वेला घर जाँदा सबैका हातमा पठाइदिऔँ भनेर मदनले भन्नुभयो । हामीले नै छापेर पठाएका थियौँ भन्नुभयो ) ।

अहिले मदनभन्दा पछि त्यस्तो सैद्धान्तिक बहस, छलफल पनि हुँदैन । कसैसँग टक्कर पनि पर्दैन । किनभने कसैले बहस नै गर्दैनन् । त्यसैल टक्कर पनि पर्दैन । अब मदनसँगै पटक–पटक टक्कर पर्ने हो ।

किनभने उहाँ सिद्धान्तको चुरो बुझ्ने, एकथोक भन्यो भने अनि कहाँ हुन्छ त्यो, यसो हो भन्ने उहाँ । अनि कहिले–कहिले उहाँको र मेरो त्यो मिलाउन टाइम नै लाग्ने गरेको थियो । पथ्र्यो अलिअलि । अहिले त कसैलार्ई सिद्धान्तको महत्व नै छैन । बहस नै गर्नैैपर्दैन । छलफल गर्नैपर्दैन । कसैलार्ई मतलब छैन, अहिले ।

यहाँलार्ई जनताको बहुदलीय जनवादी पक्षधर भन्ने धेरैतिरबाट आएका थियो, यस्तो कुरा त अहिलेसम्म बाहिर आएकै थिएन नि ?

याद नै भएन । त्यतिवेला केपी ओलीको फोटोसमेत आउँदैनथ्यो । सिपी महासचिव हुँदा मुखपत्र वर्ग संघर्षमा चर्चा गर्दा मेरो नाम आउँदैनथ्यो । किनभने उनीभन्दा पहिलेको सचिव म हो ।

तर, मेरो नाम आउँदैनथ्यो । आउँदाखेरि पनि ठूलो दुर्गाप्रसाद अधिकारी, सानो दुर्गाप्रसाद अधिकारी, कुन्नि के जाति, कुन्नि के जाति, के–के जाति र अन्तिममा ओली पनि भन्ने आउँथ्यो । पछिल्लो अवधिमा केपी ओली पनि झापा आन्दोलनमा थिए भनेर लेखे ।

म यता, मोहनचन्द्र अधिकारीलार्ई लिन गएर उनलार्ई विराटनगर ल्याएँ, झापा गएर फेरि फर्केर आएँ । त्यतिवेला माधव नेपालको विराटनगरको डेरामा बसियो । गौरमा रहेको माधव नेपालको घरमा पनि केही दिन बसियो ।

एबिसी न्युज टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादक कँडेलद्वारा लिखित अवतरण (नेपालमा सशस्त्र संघर्ष, रूपान्तरणमा विवाद र एमाले–माओवादी एकता) पुस्तकबाट । यो पुस्तक आइतबार सार्वजनिक हुनेछ ।