प्रधानसम्पादक कँडेलको नयाँ पुस्तक ‘मतान्तर’ प्रकाशित हुने


काठमाडौं २९ भदौ । एबीसी टेलिभिजन तथा नेपाल पेजका प्रधानसम्पादक शुभशंकर कंडेलको नयां पुस्तक मतान्तर (लोकतन्त्रभित्र चुनावीतन्त्र र भूराजनीतिक भुमरीमा गठबन्धनको दुष्चक्र) नामक पुस्तक असोज पहिलो हप्ता प्रकाशित हुने भएको छ । समसामयिक राजनीति र विशेषगरी मौजुदा गठबन्धन राजनीति र संघीय तथा प्रादेशिक निर्वाचनको विषयलाई विश्लेषण गरिएको पुस्तकमा ५४ वटा तालिका मार्फत हालै सम्पन्न स्थानीय निर्वाचनमा दलहरुले प्राप्त गरेको मत र हैसियतको विश्लेषण गरिएको छ । संघीय निर्वाचनका लागि दलहरुले गठबन्धन बनाउन कोशिश गर्दै गर्दा विभिन्न ८ वटा वैकष्पिक गठबन्धनका विषयमा समेत खुला वा छद्म रुपमा छलफल गरिरहेका काथाहरु समेत पुस्तकले समेटेको छ ।


अस्थिर राजनीति भएका बेला कसरी नेपालको भूराजनीति झन बढी सम्वेदनशील हुने गरेको छ भन्ने तथ्यलाई पुस्तकमा सन्दर्भ सहित विश्लेषण गरिएको छ । सनेपालको मौजुदा राजनीतिलाई बुझ्न रोचक रहेको पुस्तकले ऐतिहासिक तथ्य र प्रज्ञिक विमर्श समेत गरेको छ ।
किन गठबन्धन ? कस्तो अवस्थामा गठबन्धन ? र किन राजनीतिक दलहरु यति बढी स्वार्थी र अवैचारिक बने भन्ने विषयमा समेत विभिन्न ७ वटा च्याप्टरमा पुस्तकले विशद प्रकाश पारेको छ । सेन्टर फर एशिएन पोलिसी रिसर्च एण्ड स्टिडिजले प्रकाशन गर्ने पुस्तक ३७० पेज रहेको छ ।